कुरिनटारमा पहिरो ,पृथ्वी राजमार्ग अवरुद्ध

कुरिनटार : पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध भएकोछ । आज विहान ८ : ५५ बजे इच्छाकामना ४ कुरिनटारमा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कायाृलय चितवनले जनाएको छ ।
पानी परीरहेकाले पहिरो पञ्छाउन केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्य बहादुर थापाले जानकारी दिनुभयो । पहिरोले सडक अवरुद्ध भएपछि काठमाडौँ जानेर मुग्लिन तर्फ आउने सवारी साधनहरु रोकिएका छन् ।