एनसेल र हिसानबीच अनलाइन शिक्षा तथा सिकाइका लागि समझदारी पत्रमा हस्ताक्षर

चितवन :  एनसेल प्राइभेट लिमिटेड र हिसानबीच अनलाइन शिक्षा तथा सिकाइका लागि एनसेलको मोबाइल कनेक्टिभिटी प्रयोग गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । अनलाइन कक्षा तथा सिकाइका लागि विद्यार्थी, शिक्षक÷शिक्षिका र विद्यालयहरुलाई सुलभ दरमा मोबाइल सेवाको पहुँच सुनिश्चित गर्ने उद्देश्यअनुरुप एनसेलले यस समझदारीअन्तर्गत विशेष मासिक योजना प्रदान गर्दछ । यो योजनामा भ्वाइस, डेटा र एसएमएस सेवाहरु बन्डलसहितको सेवा लिन सकिन्छ ।
यस विषेश योजनाअन्तर्गत विद्यार्थीले मासिक रू २५० (करबाहेक) मा अनलाइन कक्षाका लागि आवश्यक पर्ने जुम, गुगल मिट र माइक्रोसफ्ट टिम्स प्रयोगका लागि २० जिबी डेटा, १ जिबी थ्रिजी÷फोरजी डेटा, २ जिबी फोरजी डेटा, सीयूजी नम्बरमा कल गर्न हरेक दिन १२० मिनेट टक टाइम, ५० मिनेट अननेट टक टाइम र ५० अननेट एसएमएस सेवा पाउँछन् । यसैगरी मासिक रू ३५० (करबाहेक) को योजना पनि उपलब्ध छ ।
समझदारीपछि एनसेलका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने, ‘यस कोभिड–१९ को महामारीले ठूलो चुनौती सिर्जना गर्नुका साथै कनेक्टिभिटी र टेक्नोलोजी प्रयोग गर्दै अबको ‘न्यु नर्मल’सँग अभ्यस्त हुन अवसर पनि प्रदान गरेको छ । विद्यार्थीहरु भविष्यका कर्णधार हुन् । उनीहरुको अनलाइन शिक्षामा योगदान पु¥याउनका लागि हिसानसँग यो सहकार्य गर्न पाएकोमा हामी हर्षित छौँ ।’
हिसानका अध्यक्ष रमेशकुमार सिलवालले यो समझदारीबाट आफूहरु उत्साहित भएको बताए । ‘विश्वव्यापी महामारीले शिक्षा क्षेत्रमा दीर्घकालीन असर पारेको छ र पुरानै शैलीमा कहिलेदेखि कक्षाहरु सुचारु हुन्छन् भन्ने अहिले अनुमान गर्न सकिने अवस्था छैन’ उनले भने, ‘भर्चुअल कक्षाका लागि कनेक्टिभिटी सुनिश्चित गर्ने एनसेलसँगको यस सहकार्यले विद्यार्थी, शिक्षक÷शिक्षिका तथा विद्यालयसँगै पूरै शिक्षा क्षेत्रमा ठूलो मह¤व राख्छ र यस सहकार्यलाई लिएर हामी निकै खुसी छौँ ।’