कोरोना नियन्त्रणका लागि बाँकेका सिडिओ र एसपी मास्क बाँड्दै सडकमा

बाँके : बुधबार जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रामबहादुर कुरुम्बाङ र बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर राना बुधबार बेलुका नेपालगन्ज बजारको सडकमा मास्क बाँड्दै हिडेको रमाइलो दृष्य देखियो ।

अरु समयमा प्रहरीले सडकमा मास्क नलगाई हिड्नेहरुलाई सय रुपैयाँ जरीवाना तिराउने प्रहरीले आज मास्क नलगाई हिड्नेहरुलाई सम्झाइ बुझाई मास्क लगाउन अनुरोध गर्दै मास्क दिंदा सर्वसाधारण दङ्ग देखिन्थे ।

प्रजिअ कुरुम्बाङ नेतृत्वको टोलीले कोरोना विरुद्धको जनचेतना जगाउने प्लेकार्ड बोकेर नेपालगन्जको धम्बोझी चोकदेखी बिपि चोक, त्रिभुवन चोक, त्रिवेणी मोड, घरबारी टोल हुँदै पुनस् धम्बोझीसम्म सडकमा हिड्ने पैदल यात्री, साइकल, मोटरसाइकल, रिक्साका चालक तथा सवारी र पसल, होटेलका संचालक तथा ग्राहकहरुलाई ुमास्क लगाउनुपर्छ है, लिनुस मास्कु भन्दै मास्क बितरण गरेका थिए ।

सिडिओ र एसपीसँगै नेपाली सेनाका कर्णेल नकुल थापा, सशस्त्र प्रहरी उपरीक्षक दिपक भण्डारी, राष्ट्रिय अनुसन्धान बाँकेका प्रमुख कमल भट्टराई, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर, पत्रकार महासंघका अध्यक्ष ठाकुर सिंह थारु, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष शशी स्वाँर, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी लगायतको टोलीले मास्क बितरण गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा सामुदायिक प्रहरी सेवा केन्द्रको समन्वयमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धि जनचेतनामूलक कार्यक्रमका साथै मास्क बितरण कार्यक्रम अनुसार आज बेलुका बाँकेका सिडिओ र एसपी लगायतको टोली बजारमा निस्केको हो ।