अलैँचीको मूल्य ह्वात्तै घट्यो,किसानहरु खुशी

इलाम  :  पूर्वी पहाडका किसानका लागि आम्दानीको मुख्य नगदेवाली अलैँचीको गत वर्षे मूल्यमा सुधार आएपछि किसानहरु खुशी थिए ।

उत्पादन सुरु भएसँगै निरन्तर ओरालो लागेको अलैंची मूल्यमा केही वृद्धि भएपछि उत्साहीत बनेका किसानमा निरासा थपिएको छ । मूल्यमा निरन्तर गिरावटपछि किसान अलैंचीखेतीको विकल्प खोज्न लागेका किसान गत वर्ष मूल्यमा आएको सुधारले केही आशा पलाएपनि लकडाउन भएसँगै मूल्य ह्वात्तै घटेपछि निरास बनेका हुन ।

अघिल्लो वर्ष ३० हजार रुपैयाँमा अलैची बेचेका किसान लकडाउन पछि ह्वात्ते मूल्य घटेपछि थिन्तित बनेका छन । अलैँची टिप्ने समय शुरु हुनै लाग्दाको मूल्य गिरावटले किसानलाई निरासा बनाएको छ । पटक पटक अलैँची खेतीमा रोग लागेर बगान मासिने क्रम र केही बँचेको बगान बाट भएको उत्पादनले पनि उचित मूल्य नपाउँदा अलैची खेती बिकल्प खोज्ने बेला भएको अलैची किसान मुना ढकालको भनाइ छ ।

उनी भन्छिन, ‘सुरुमा अलैँची खेतीमा आकर्षण थियो मेहनत पनि गरियो तर कँही कतैबाट पनि रोग नियन्त्रण गर्न सहयो मिलेन । अहिले त मूल्यको कारण पनि अलैचीे खेती नगर्नु जस्तो लाग्छ ।’

अलैँचीको मूल्य शुरु शुरुमा एकलाख हाराहारीमा रहेको थियो । यो मूल्य लामोसमय टिक्न भने सकेन । विचमा २० हजार रुपैयामा पनि किनवेच भएको अलैची गत वर्ष ३० हजार सम्ममा बिक्री भयो तर लक डाउनपछि घटेर २२ हजार रुपैयाँ भएको इलाम नगरपालिका ५ विब्ल्याँटेका व्यापारी कृष्ण पौडेल बताउँछन ।

पौडेल भन्छन ‘लकडाउनका कारण बाहिरी बजारमा जान नपाएको कारण पनि मूल्य घटेको हो’ अघिल्लो वर्ष ३० हजार लगाएर किनेको अलैची ५० प्रतिसत हामीसँगै छ अहिले २२ हजारमा बेच्नु परेपछि व्यापारी घाटामा रहेको बताउँछन ।

नेपालको केहि जिल्लामा मात्र सिमीत हुदाँ अलैचीको मूल्य राम्रो भएको थियो । नेपालका अन्य जिल्लामा खेति विस्तार सँगै उत्पादन पनि बढेपछि मूल्य घटेको हो । भारतमा पनि उत्पादन बढ्यो र अलैचीलाइ मसलामा प्रयोग गरिने भएको हुँदा विकशित मूलुकले मसलाका लागी शुकमेल उत्पादन गरेर प्रयोग गरेपछि अलैचीको मूल्य एकनास नभएको अलैची व्यवसाही सँघका अध्यक्ष विजय खाकी बताउँछन ।

इलामका किसान गोविन्द पौडेल भन्छन, ‘मूल्यको उतार चडाव र बगानमा रोग लागेकै कारण अलैँची किसान मारमा परेका छन । उनी भन्छन ‘अलैँची क्षेत्रमा काम गर्न आएको देशकै पहिलो अलैची विकास केन्द्रले प्राविधिक सहयोग नभएको गुनासो गर्छन । यता अलैची विकास केन्द्रका प्रमुख पदम अधिकारी भने मूल्य घटबड र बगानमा रोग लागेका कारण किसानमा अलैची खेती प्रति आकर्षण घटेको बताउँछन । राजधानी दैनिकमा समाचार छ ।