धादिङकाे स्थानीयमा पनि काेराेना संक्रमण फैलियाे

धादिङ :विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट धादिङमा थप ७ जना संक्रमित भएका छन्। योसँगै धादिङमा संक्रमितको सङ्ख्या १ सय ३७ पुगेको छ।

आइतबार धादिङका विभिन्न ठाउँमा संकलन गरिएका ५९ जनाको स्वाब परीक्षणको लागि टेकु पठाइएकोमा ७ जनामा संक्रमण पुष्टि भएको जिल्ला अस्पताल धादिङका सुचना अधिकारी विक्रम विश्वकर्माले जानकारी दिए। जसमध्ये ६ जना विदेशबाट आएर होम क्वारेन्टाइनमा रहेका र विभिन्न पालिकाले संचालन गरेको क्वारेन्टाइनमा रहेका छन्।

बुधवार देखिएका ७ जनामध्ये १ जना भने धादिङवेशीकै स्थानीय रहेको नीलकण्ठ नगरपालिकाले जनाएको छ। अरु नै उपचार गराउने शिलशिलामा अप्रेसन गर्नुअघि कोरोना परीक्षण गरिएको र उनमा पनि संक्रमण पोजिटिभ देखिएकाले थप सजकता अपनाउन नीलकण्ठ नगरपालिकाले आह्वान गरेको छ। अति आवश्यक काम परेको खण्डमा बाहेक भीडभाडमा नजान, जानै परे अनिवार्य मास्कको प्रयोग गर्न स्थानीय सरकारले आग्रह गरेको छ।