१४ लाख ६५ हजारसहित ४ जुवाडे पक्राउ

सोलुखुम्बु :सोताङ गाउँपालिका ५ का गणेश राईको घरमा जुवा खेलिरहेका चारजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही गाउँपालिका ४ बस्ने ३७ वर्षीय दुर्गाप्रसाद राईलगायत चारजना छन् । उनीहरुको साथबाट नगद १४ लाख ६५ हजार रुपैयाँ, २९ लाख रुपैयाँको ४ थान बैंक चेक र तास बरामद भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरीले हिजो उनीहरुलाई पक्राउ गरेको हो