ओस्कर विजेता ओलिभियाको निधन

एजेन्सी : दुई पटक ओस्कर विजेता हलिउड अभिनेत्री ओलिभिया डी हैबिल्यान्डको निधन भएको छ। पेरिसको घरमा सुतिरहेको अवस्थामा उनको निधन भएको हो।

उनी १०४ वर्षकी थिइन्। उनी ६० वर्षदेखि पेरिसमा बस्दै आएकी थिइन्। उनको टिमकी लिसा गोल्डबर्गले ओलिभियाको निधनको जानकारी दिइन्।

एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेसले ट्विट गरेको छ, दुई पटक सर्व श्रेष्ठ अभिनेत्रीको ओस्कर जित्ने ओलिविया डी हैबिल्यान्ड हलिउडको स्वर्ण युग र अथाह प्रतिभाकी मुख्य आधार थिइन्।

उनी हाम्रो उद्योगकी एक किंवदन्ती थिइन्। हलिउड रिपोर्टर डट कमको एक रिपोर्टअनुसार, अन्तिम संस्कारलाई नितान्त व्यक्तिगत बनाइएको थियो। जापानमा जन्मेकी ब्रिटिस अमेरिकी अभिनेत्री १९३५ देखि १९८८ सम्म पाँच दशकभन्दा बढी फिल्ममा सक्रिय रिहन्। यस क्रममा उनले ४९ फिल्ममा काम गरिन्।

उनलाई हलिउडको स्वर्ण युगकी प्रमुख सितारमा मानिन्छ। उनकी आमा पनि अभिनेत्री थिइन्। उनकी बहिनी जोन फोन्टेन यो युगकी एक प्रमुख हलिउड स्टार र ओस्कर विजेता थिइन्। उनको निधन भइसकेको छ।

डी हैबिल्यान्डले हलिउड एक्सन सुपरस्टार एरोल फ्लिनसँग धेरै हिट फिल्मा ेखेलिन्। जसमा क्याप्टेन ब्लड (१९३५) र द एडभेन्चर्स अफ रबिन हुड (१९३८) हुन्। उनका उल्लेखनीय भूमिका इन् दिस अवर लाइफ (१९४२), द स्नेक पिट (१९४८), र लाइट इन द पियाजा (१९६२) मा थियो। – एजेन्सी