कर्णाली नदिले खतराको विन्दु नाघ्याे

टिकापुर : अविरल वर्षाका कारण आएको बाढीले कर्णाली नदीको चिसापानी घाटमा पानीको सतहले खतराको विन्दु नाघेको छ । मंगलबारदेखि पानीको सतह बढ्दै गएको छ।

मंगलबार ६ मिटर लेवलमा रहेको पानी बुधबार बिहान ८.५९ मिटर थियो भने दिउँसो १०.२ मिटर पुगेको छ । कर्णालीमा ९.८ मिटर पानीलाई चेतावनी लेवल र १०.५ मिटरमाथिलाई खतरा मानिन्छ ।

पानीको सतह बढ्दै गएको विपद् पूर्व सूचना प्रणाली चिसापानी गेज रिडर पार्वती गुरुङले जानकारी दिएइन्। खतरा लेवल नाघे तटीय क्षेत्रका टीकापुर , भजनी , जानक्रे र जोशिपुर गाउँपालिकाका अधिकांश भू-भाग डुबानमा पर्ने संभावना छ भने २ लाख बढी जनसंख्या प्रभावित हुनेछ।