नारायणी नमुना माविमा अत्याधुनिक आईसीटी कम्प्युटर ल्याब सञ्चालनमा, सासंद पोख्रेरलद्धारा उद्धघाटन (भिडियो)

धर्मराज चालिसे , चितवन : चितवनको नारायणी नमुना माध्यामिक विद्यालयमा अत्याधुनिक आईसीटी कम्प्युटर ल्याब सञ्चालनमा आएको छ। प्रविधिमैत्री शिक्षण सिकाई गर्ने उद्देश्यसहित नेपालकै नमुना विद्यालयको रुपमा परिचत विद्यालयमा सूचना तथा सञ्चार मन्त्रालय नेपाल टेलिकमको २४ लाख रुपैयाँ र नमुना विद्यालयको आईटी ल्याब ५० लाख रुपैया गरि जम्मा ७४ लाखको लगानीमा आईसीटी कम्प्युटर ल्याब सञ्चालनमा आएको हो । 

अत्याधुनिक ल्याबको एक भव्य समारोहका विच कानुन तथा मानव अधिकार समितिका संयोजक तथा चितवन क्षेत्र नम्बर २ का सासंद कृष्णभक्त पोख्रेरलले उद्धघाटन गरेका थिए । सो अवसरमा बोल्दै नारायणी नमुनाको शिक्षण सिकाई प्रभावकारी भएकै कारण यहाँ विद्यार्थीहरुको आर्कषण बढेकोले सबैमा प्रविधिको प्रयोग ल्याउन आईसीटी कम्प्युटर ल्याब बहुउपयोगी भएको बताए । सासंद पोख्रेरेलले विद्यार्थीको बहुमुखी प्रतिभाको विकासमा कम्प्युटर शिक्षाको ठुलो मह्त्व रहेकोले यो महान अवसरलाई अधिकतम प्रयोग गर्न विद्यालय प्रशासनलाई सुझाब दिए। उनले भरतपुरको चितवन, नारायणी र भरतपुर माविलाई गाबेर एउटै सामुदायिक विद्यालयमा १० हजार भन्दा बढी विद्यार्थीहरुलाई पढाएर नुमना बन्नुपर्नेमा जोड दिए । एउटै वडामा १ किलोमिटरको दुरिमा ३ मावि छन्, उनले भने, सबै गाबेर एउटै बनाउन अब पछि पर्न हुदैन् जसले विद्यालयलाई आफै आत्मनिर्भर बनाउछ ।

यस किसिमको पूर्वाधार निर्माण जिल्लाकै पहिलो स्थापना मानिएको छ। सामुदायिक विद्यालयमै अत्याधुनिक कम्प्युटर ल्याब स्थापना भएपछि स्थानीयबासी हर्षित बनेका छन् । आईसी लयाबसगैँ विद्यालयको ३२ वटा कक्षामा प्रोजेक्टरसहित प्रविधिमैत्री शिक्षामा आफुहरुले जोड दिएको प्रधानाध्यापक पूर्ण प्रसाद दवाडी बताए ।

ऊद्घाटन कार्यक्रममा आफ्नो मन्तव्य राख्दै विद्यालय व्यवस्थापन समितीका अध्यक्ष टेकबहादुर थापालले यसरी प्रदान गरिएका कम्प्युटरको अधिकतम प्रयोग गरी विद्यार्थीमा पुरापुरा ज्ञान भर्न आवश्यक रहेको बताए। उनले अझै पनि विद्यालयमा अब प्रविधिलाई जोड दिदाँ ल्यापटप आवश्यक भएको बताए । यसका लागि सहयोग सबै पक्षमा अनुरोध पनि उनले गरे । यसै सासंद पोख्रेरलकै सहयोगमा झण्डै १५ लाख रुपैयाँमा निर्माण गरिएको प्रधानाध्यापक कक्षको पनि उद्धघाटन गरेका थिए ।