स्याङ्जामा कोरोना संक्रमित प्रहरीको सख्या ३७ पुग्यो, एक थुनुवा समेत संक्रमित

स्याङ्जा । स्याङजामा थप १६ जना प्रहरीमा कोरोना पुष्टि भएको छ ।  जिल्ला जनस्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माका अनुसार मंगलबार रिपोर्ट आएका मध्ये १६ जना प्रहरीमा कोरोना पोजेटिभ देखिएको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार प्रहरी कार्यालयमा ३७ प्रहरी, एक शिशु र एक जना थुनुवामा कोरोना पुष्टि भएको छ ।  सुरुमा साउन ६ गते ३ जना प्रहरीमा संक्रमण पुष्टि भएको थियो ।

गत सोमबार जिल्ला प्रहरी प्रमुखसहित १८ जनामा संक्रमण पाइएको थियो । एकै पटक धेरै प्रहरीमा कोरोना देखिएपछि स्याङजालाई १० दिनका लागि सिल गर्ने निर्णय यसअघि नै भैसकेको छ ।