काठमाडौँमा बरामद गरेको १५ केजी सुन नक्कली

काठमाडौँ : काठमाडौँमा प्रहरीले बरामद गरेको १५ केजी सुन नक्कली रहेको पुष्टि भएको छ। अबैध रुपमा भित्र्याएको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले कमलादीबाट १५ केजी सुन जस्तो देखिने धातु बरामद गरेको हो।

बरामद गरिएको मध्ये एक टुक्रा सुनमात्र सक्कली बाँकी सबै नक्कली रहेको पुष्टि परिसरले गरेको छ। महानगरीय प्रहरी परिसरले सुन नक्कली रहेको परीक्षणमा देखिएको जनाएको छ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गले सुन जस्तै देखिने १५ किलो उक्त धातु र २ थान पेस्तोल बरामद गरेको छ । शंकास्पद रुपमा हिडिरहेका व्यक्तिलाई प्रहरीले दरबारमार्गबाट पिछा गर्दा झोला फलेर भागेका थिए । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको महानगरिय प्रहरी परिसर काठमाडौंले जनाएको छ । तस्करको समूहलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।