प्रहरी निरिक्षक देवराजको सफलता : प्रहरीलाई घुस दिन खोज्ने ९ चालक पक्राउ

हेटौंडा प्रहरीलाई घुस दिन खोज्ने ७ वटा सवारीका चालक पक्राउ परेका छन्।  इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा खटिएको प्रहरी टोलीले हेटौँडा–१५ रातोमाटामा नियम विपरित संचालनमा आएका ९ सवारी जाँच गर्ने क्रममा सवारी चालकले प्रहरीलाई घुस दिन खोजेपछि नियन्त्रणमा लिइएको हो ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगरले घुस दिन खोज्ने ट्रक, सुमो नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयलाई बुझाएको प्रहरी निरिक्षक देवराज काफ्लेले बताए ।यसअघि वडा प्रहरी कार्यालय हेटौंडाले पनि घुस दिन खोज्ने एक सवारी चालकलाई नियन्त्रणमा लिएको थियो ।

मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक शुसिल सिंह राठौरले नियम विपरीत गलत ढंगले चलाएका सवारीलाई चेकजाँच गर्दा प्रहरीलाई प्रलोभनमा पारेर घुस दिन खोजेकोले ९ चालकलाई नियन्त्रणमा लिएको पुष्टि गरे । ड्युटीमा रहेको प्रहरीलाई गलत ढंगले घुस दिन खोज्ने र स्वयंम प्रहरीले घुस खाए प्रहरीलाई पनि कारवाही गरिने उनले बताए ।