नेपालमा पछिल्लो २४ घन्टामा ३११ जनामा संक्रमण, संक्रमितको संख्या १९ हजार नाघ्यो

काठमाडौं :  नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १९ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा ३ सय ११ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका ३ सय ११ जनासहित देशभर संक्रमितको संख्या १९ हजार ६३ हजार पुगेको जानकारी दिए ।

संक्रमितमध्ये १३ हजार ८ सय ७५ जना उपचारपछि घर फर्किएका छन् भने ४९ जनाले ज्यान गुमाएका छन् ।