चितवन प्रहरीको सफलता : विप्लव समूहका जिल्ला इञ्चार्जसहित पाँचजना पक्राउ

चितवन : पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ९ रसौलीबाट प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी (बिप्लब) समुहका जिल्ला ईन्चार्ज सहित पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा समुहका चितवन जिल्ला ईन्चार्ज लालबहादुर विसी, दलित मुक्ति मोर्चाका केन्द्रिय महासचिब रामलाल विक, होमबहादुर खड्का, भीमवहादुर श्रेष्ठ, दानवहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नान्तीराज गुरुगंले जानकारी दिए ।
उनीहरुलाई सोमबार राती राप्तीबाट पक्राउ गरिएको बताए ।  उनीहरु राती ८ः३० वजे पक्राउ परेका हुन । उनीहरु माथि थप अनुसन्धान भईरहेको उनले जानकारी दिए ।
यस अघि सोही समुहका पोलिटव्यूरो सदस्य अनिल शर्मा बिरहीलाई उपचारका क्रममा पुरानो मेडिकल कलेजबाट निगरानीमा लिईएको थियो ।