१८४ प्रहरीमा कोरोना संक्रमण

काठमाडाैँ :  प्रहरी प्रधान कार्यालय र काठमाडौं उपत्यकाका ४० प्रहरीसहित देशभर १८४ प्रहरीमा कोरोना संक्रमण देखिएको छ । पछिल्लो तीन दिनयता प्रहरीमा लगतार संक्रमितको संख्या बढ्दै गएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार संक्रमितमा १ डीएसपी, ६ इन्सपेक्टर, ८ सई, १२ असई, ५४ हवल्दार, ९९ प्रहरी जवान र ४ जना कार्यालय सहयोगी छन् ।

काठमाडौं उपत्यकामा ४०, प्रदेश १ मा २७, प्रदेश २ मा ३४, गण्डकी प्रदेशमा २९,प्रदेश ५ मा १५, कर्णाली प्रदेशमा २७ र सुदूरपश्चिम प्रदेशका १२ प्रहरीमा संक्रमण देखिएको हो । संक्रमितमध्ये ९९ जना डिस्चार्ज भइसकेका छन् ।