नियम बिपरित गर्नेलाई कारबाहीमा कडाई

नुवाटोक  : नुवाकोट प्रहरीले नियम बिपरित सवारी चलाउनेलाई कडाइ गरेको छ । आज बेलकोटगढी न.पा.०७ तारुका चेकपोईन्ट स्थित गल्छी त्रिशुली सडकखण्डमा चेकजाँचको लागी खटिएको ट्राफिक सहितको प्रहरी टोलीले चेकिङ गर्ने क्रममा त्रिशूलीबाट कोल्फुटार तर्फ गई रहेको बा.१.य.१३३५ नं.को जम्बो हाईस माईक्रोबसले नियम बिपरित बढी यात्रुहरु गाडिमा सवार गराएको र प्रतिब्यक्ति रु ७०० को दरले भाडा लिईएको पाईएको छ। साबिक भाडा दर रु.१०० रहेकोले बाँकी रकम यात्रुलाई फिर्ता गराई उक्त माईक्रोबसलाई ट्राफिक नियमानुसार रु.१हजार ५०० जरिवाना गराई छाडिएको नुवाकोट प्रहरी प्रमुख अविनारायण काफ्लेले जानकारी दिए ।

साथै पसाङ ल्यामु राजमार्गको ३५ किलो भन्ने स्थानमा बा.२ख.९८६६ नं.को बसले तोकिए भन्दा बढी यात्रु ओसार(पसार गरिरहेको अबस्थामा जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटबाट खटिएका टोलीले नियन्त्रणमा लिई ट्राफिक नियमानुसार रु१ हजार ।जरिवाना गरी छाडिएको छ ।
साथै नुवाकोट जिल्लाको नगर एरियाको बिभिन्न स्थानहरुमा गरेर ३८ जना मास्क नलगाई हिडेका मानिसहरुलाई जनही रु१०० को दरले जरिवाना गरी मास्क लगाउन लगाई पठाईएको, साथै ३९० जनालाई सम्झाई बुझाई गरी मास्कको प्रयोग गर्न लगाई छाडिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । ।