एआइजीमा डिआइजी प्रधुन्न कार्की र निरजबहादुर शाही बढुवा

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद बैठकले दुईजना डिआइजीलाई एआइजीमा बढुवा गरेको छ । डिआइजी निरजबहादुर शाही र प्रधुन्न कार्कीको एआइजीमा बढुवा भएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।

गृह मन्त्रालयको सिफारिसमा डिआइजी निरजबहादुर शाही र प्रधुन्न कार्कीको एआइजीमा बढुवा गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको ती मन्त्रीको भनाई छ । दुवैजना अहिलेका आइजी शैलेश थापा क्षेत्रीका ब्याजी हुन् । त्यस्तै, आजको बैठकले मधुकुमार मरासिनिलाई सचिवमा बढु्वा गरेको छ ।