चिनियाँ चिकित्सकले भने– बुहानले कोरोनाकाे जानकारी लुकायो

एजेन्सी : सुरुवाती चरणमै कोरोना भाइरसको पहिचान गरेका एक डाक्टरले स्थानीय अधिकारी सुरुवाती प्रसारको मापदण्ड लुकाएको बताएका छन् ।

प्रोफेसर क्वाङ–युङ युनले बुहानका कोरोना जाँचमा मद्दत गरेका थिए । उनले प्रमाणहरु मेटाइएको र क्लिनिकल फाइन्डिङको रिस्पोन्स पनि घटाएको बताए ।

भाइरस हुनान बजारबाट फैलिएको आशंका गरिएको छ । तर, प्रोफेसर युनले भने, “जाँचकर्ता यो बजारमा पुग्दा स्थानीय प्रशासनले पहिले नै बजार क्षेत्र डिसइन्फेक्ट गरिसकेको थियो । कोरोना भाइरसको उत्पत्तिको अहम् प्रमाण मेटाइसकिएको थियो ।”

उनले बुहानमा पनि केही लुकाइएको आफूलाई आशंका भएको बताएका छन् । “जो स्थानीय अधिकारीहरुले भाइरसका बारेमा जानकारी दिनुपर्ने थियो उनीहरुलाई छिटो जानकारी दिने अनुमतिनै दिइएको थिएन ।”

चीनले जुन प्रकारले सुरुवातमा भाइरस नियन्त्रणको प्रयास गर्‍यो र जसरी गत डिसेम्बरको अन्तिमतिर एक डाक्टरलाई भाइरसका बारेमा चेतावनी दिएको भन्दै दण्डित गर्‍यो, त्यसको आलोचना हुँदै आएको छ । यद्यपि, चीनले यो आरोप अस्वीकार गर्दै आएको छ ।