सरकार सुन्नै चाहदैन सत्याग्रहीका माग किन ?

काठमाडाैँ : राष्ट्रिय मानवअधिकार आयोगले १० दिनदेखि सत्याग्रहमा रहेका सामाजिक अभियन्ता ‘ई’, र समाइरा श्रेष्ठको जीवनरक्षा गर्न आग्रह गरेको छ ।

विश्वव्यापी रूपमा फैलिरहेको कोभिड–१९ बाट नेपालसमेत प्रभावित भएको छ । कोरोना रोकथामका लागि सरकारले पीसीआर परीक्षणलाई तीव्र बनाउनुपर्ने, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अनशनरत युवाबीच गत असार २२ को सम्झौता कार्यान्वयन हुनपर्नेलगायत माग राखी दुई युवा आमरण अनशनमा रहेको अवस्थाप्रति आयोगको ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत जनाइएको छ ।

अनशनरत समाइरा र ‘ई’को स्वास्थ्यमा समस्या देखिन थालेको अनुगमनका क्रममा बुझिए विज्ञप्तिमा जनाएको छ । आयोगले अनशनरत व्यक्तिहरूको स्वास्थ्यसम्बन्धी न्यायोचित माग सम्बोधन गर्न सरकारलाई आग्रहसमेत गरेको छ ।