जनार्दन शर्माको आग्रह : गल्ती सच्याउ, दोषीलाई कार्वाही गर, १० दिनमै घर जलेका चेपाङलाई नयाँ घर बनाइदेउ

काठमाडौँ  : नेकपा नेता एवं पूर्वमन्त्री जनार्दन शर्माले चितवनमा घर जलाइएका भूमीहिन चेपाङ समुदायलाई घर बनाइदिन सरकारलाई आग्रह गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेता शर्माले चितवन माडी ९ कुसुमखोलामा आगो र हात्ती लगाएर चेपाङका घर नष्ट गरेको प्रति दोषीलाई कारवाही गर्दै गल्ति सच्याउन सरकारलाई आग्रह गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत उनले १० दिनमै घर जलेका चेपाङको परिवारलाई घर बनाइदिन आग्रह गरेका छन् । केहीदिन अघि चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले कुसुमखोला किनारमा बसेका भूमीहीन चेपाङका १० घरमा आगो लगाउनुका साथै हात्ती प्रयोग गरेर नष्ट गरेको थियो ।