चितवन प्रशासनको आलटालले अवैध ड्राईभिङ सेन्टरबाट दुर्घटना बढ्ने खतरा

–सुरेन कुँवर, चितवन : कोभिडा–१९ को महामारी देखाउदै जिल्ला प्रशासन कार्यालय चितवन आफ्नै निर्देशन कार्यान्वनमा चुकेको छ ।आर्थिक चलखेलकै कारण मापदण्ड विपरिताका अवैध ड्राईभिङ सेन्टरकै कारण चितवनमा दुर्घटनाको खतरा बढेको छ । भने यातयात व्यवस्था कार्यालय भरतपुरले चितवन प्रसाशनको निर्देशन बेवास्था गरेको पाइएको छ ।
जिल्ला प्रसाशन कार्यालय चितवनले यातयात व्यवस्था कार्यालय भरतपुर गत चैत्र ५ गते जिल्लामा रहेका मापदण्ड विपरितको ड्राईभिङ सेन्टरलाई बन्द गराई प्रतिवेदन पेश गर्न पत्रचार गरेको थियो । तर यस विषयमा चितवन प्रशासन मौन बस्नुले आर्थिक चलखेल भने प्रष्ट देखिएको स्रोतले भन्यो, नत्र आफ्नो अभ्यास केन्द नहुदाँ किन खुले आम चलेका छन् ड्राईभिङ सेन्टर ।, मनपरी तवरले मुख्य राजमार्गमै किन सिकाईन्छ सवारी ।
जिल्ला प्रसाशन कार्यालयले पत्रचार गरेको करिब ४ महिनाबढी भइसक्दा समेत यातयात व्यवस्था कार्यालयले चासो नदेखाएपछि ड्राईभिङ सेन्टर र व्यवस्था कार्यालयबीच ठूलो चलखेल भएको आशंका सत्य सावित बनेको स्रोतको भनाई छ ।
जिल्लामा एक–दुई वटा बाहेक सबै ड्राईभिङ सेन्टरहरु मापदण्ड विपरित सञ्चालन हुँदै आईरहेको बुझिएको छ ।

मापदण्ड विपरितका चितवनमा ड्राईभिङ सेन्टर, आर्थिक चलखेलका कारण नियमन हुन सकेनन्


प्रसाशनले जिल्लामा सञ्चालित ड्राईभिङ सेन्टरहरु विषयगत कार्यालयमा नविकरण नभएको, आवश्यक पूर्वाधार बिना सञ्चालन भएको र आफ्नै ट्रायल सेन्टरहरु नभएको नपाईएकाले बन्द गर्न यातयात व्यवस्था कार्यालय भरतपुरलाई पत्रचार गरिएको पत्रमा भनिएको छ ।
यसको बोधार्थ जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला ट्राफिक कार्यालय चितवनलाई पठाएको छ । स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय चितवनले ड्राईभिङ सेन्टरसँग मासिक असुली गरेको उजुरी प्रसाशनमा परेसँगै कार्यालयलाई पत्रचार गरेको थियो ।
यातयात व्यवस्था कार्यालय चितवनका प्रमुख सुवास उप्रेतीले मापदण्ड पुरा नगर्र्ने ड्राईभिङ सेन्टर एक हप्ताभित्र बन्द गरिने बताए । ड्राईभिङ सेन्टरहरुलाई मापदण्ड पुरा गर्न आग्रह गरेपनि त्यसो हुन नसकेको उनको भनाई छ । अब अटेर गरेर बस्ने ड्राईभिङ सेन्टरलाई पूर्ण रुपमा बन्द गरेर छाड्ने उल्लेख गरे ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले ट्राफिक प्रहरीको क्षेत्रधिकार भित्र पर्ने कार्यहरु निरन्तर गर्दै आईरहेको बताए । तर, मापदण्ड अनुगमन गर्ने काम सम्बन्धित निकायले गर्नु पर्ने उनको भनाई छ । ट्राफिक प्रहरी क्षेत्रधिकारभित्र पर्ने कामको नेतृत्व लिन आफु तयार रहेको जानकारी दिए ।

यसका लागि यातयात व्यवस्था कार्यालय भरतपुरका अधिकृतको संयोजकत्वमा समिति बनाई प्रशासन, प्रहरी कार्यालय र ट्राफिक प्रहरीको प्रतिनिधिको सम्मिलित समिति बनाएर काम गर्नु पर्ने भएपनि यस विषयमा चासो नदेखाउदाँ ड्राईभिङ सेन्टरहरुको मनपरी बढ्दै गएको छ ।

पछिल्लो समय जिल्लामा मापदण्ड पुरा नगरी ड्राईभिङ सेन्टर खोल्ने लहड नै चलेको छ । अहिले बजार क्षेत्रमा मात्र होईन भित्री वस्तीहरुमा ड्राईभिङ सेन्टर खुल्ने क्रम बढ्दो छ । जसले गर्दा ड्राईभिङ सेन्टरहरु बीच नै अस्वस्थ प्रतिस्पर्धा बढेको छ । च्याउ जसरी खुलेका ड्राईभिङ सेन्टरले मुख्य सडकमै ड्राईभिङ सिकाउने क्रम बढेपछि जोखिम बढेको गुनासो ट्राफिक कार्यालयमा आउने गरेको कार्यालयको भनाई छ ।


जिल्ला ट्राफिक कार्यालय चितवनले २ महिनाको अवधिमा ड्राईभिङ सेन्टरका ३० वटा सवारीलाई कारबाही गरेको तथ्याङ्क छ । ड्राईभिङ सेन्टरका विरुद्ध जनगुनासो बढेपछि नियमन गर्न यातयात व्यवस्था कार्यालय चितवनलाई जिल्ला प्रसाशनले पत्रचार गरेपनि कुनै चासो नदेखाएको पाइएको छ । प्रसाशनले त्यसपछि यातयात व्यवस्था कार्यालयसँग प्रतिवेदन समेत माग गरेको छैन ।
अहिले चितवनका कुनै पनि ड्राईभिङ सेन्टर नवीकरण भएका छैनन् । यसअघि विरगञ्जमा नवीकरण हुँदै आएका ड्राईभिङ सेन्टरहरुलाई प्रदेश फरक परेकाले जिल्लामै नवीकरण गर्न असार मसान्तसम्म म्याद दिइएको थियो । तर, यहाँका १५ वटा ड्राईभिङ सेन्टरले एउटै अभ्यास केन्द्र देखाएपछि यातयात व्यवस्था कार्यालयले कसैको पनि नवीकरण गरेको थिएन् । जिल्ला जम्मा २ वटा अभ्यास केन्द्र छन् । नवीकरण गर्न एउटा ड्राईभिङ सेन्टर बराबर एउटा फिल्ड हुनुपर्छ । यही कारण पूर्वाधार पुरा गरेका त्रिवेणी मोटर र गल्फ मोटर प्रत्यक्ष मारमा परेका छन् । जिल्लामा हाल २८ वटा ड्राईभिङ सेन्टर छन् । प्रशासनले भरतपुरका राजमार्गसँग जोडिएलाई मात्र अनुगमन गर्दा टाँडी, पर्सा, पश्चिम चितवनमा खुलेका ड्राईभिङ सेन्टरहरुको मनपर्दी बढ्दै गएको छ ।

आफ्नै अभ्यास केन्द्र नभएपनि नवीकरण
जिल्लाका ड्राईभिङ सेन्टरहरुले आफ्नै अभ्यास केन्द्र नभएपनि यसअघि नवीकरण गर्दै आइरहेका थिए । उनीहरुले नक्कली अभ्यास केन्द्र खडा गरी वर्षेनी नवीकरण गर्ने गरेका थिए । अहिले यतायत व्यवस्था कार्यालयले आफ्नै फिल्ड नहुनेलाई नवीकरण गर्न रोक लगाएसँगै चितवनका अधिकाश ड्राईभिङ सेन्टरहरु बन्द हुने अवस्थामा पुगेका हुन् । काठमाडौ, पोखरामा आफ्नै फिल्ड भएका ड्राईभिङ सेन्टरमात्र सञ्चालनमा छन् । तर, चितवनमा मुख्य सडकमा अभ्यास गराएर ड्राईभिङ सेन्टर सञ्चालन गर्न पाएसँगै केही वर्षभित्री ५० भन्दा बढी सेन्टर खुलेका छन् । ड्राईभिङ सेन्टरको संख्यामा वृद्धि भएसँगै व्यापक रुपमा जनगुनासो बढेको छ भने गुणस्तर पनि खस्किएको छ ।