ट्याक्टर र मोटरसाईकल ठोक्किदा एक घाइते

राजेन्द्र न्यौपाने, गोरखा : आज साँझ ७ः३० बजे गोरखा नगरपालिका वडा नं. ११ स्थित ११ किलो भन्ने ठाउँमा आँवुखैरेनीबाट गोरखा जाँदै गरेको ग १ त ४६२३ नम्बरको ट्याक्टरले ग ७ प ६५११ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवारी अन्दाजी ६५ वर्षिय कृष्णजी अर्याल घाइते भएका छन् घाइतेको प्राथमकि उपचारका लागि आँवुखैरेनी स्थित छिम्केश्वरी अस्पताल पठाइएको प्रहरी चौकी १२ किलोका प्रमुखले जानकारी दिए ।