खैरहनीबाट चितवन प्रहरीले साढे १२ किलो गाँजासहित ५ जनालाई पक्राउ

चितवन : पूर्वी चितवनको खैरहनीबाट चितवन प्रहरीले साढे १२ किलो गाँजासहित ५ जनलाई पक्राउ गरेको छ । ईप्रका खैरहनीको विशेष अप्रेशनमा राप्ति नगरपालिका वडा नम्बर १३ घर भई खैनपा ८ स्थित मिलिजुली टोलमा डेरा कोठा लिई बस्ने वर्ष २६ को विनय प्रजाको कोठाबाट १२ केजी २०० ग्राम लागुऔषध गाँजा बरामद गरि उनी र उनका अर्का साथीलाई पक्राउ गरेको हो ।
सोहि स्थानमा गाँजा किन्न भनि गएका गैडाकोट नगरपालिका वडा नम्बर १३ घर भई खैरहनी नगरपालिका वडा नम्बर ६ बस्ने बर्ष २२ का सन्दिप भ्वाजी समेतलाई पक्राउ गरि चितवन जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी थप अनुसन्धान गरिरहेको खैरहनी प्रहरी प्रमुख ऋषिराम थापाले  जानकारी दिए ।
यस्तै त्यस्तै गएको शुक्रबार नै खैरहनी नगरपालिका वडा नम्बर २ विन्दवासिनी चोक नजिकबाट लागु औषध गाँजा कारोवार गर्दै गरेको अवस्थामा ३ जनालाई २ सय ६० ग्राम गाँजा सहित पक्राउ गरी आईतबार नै म्याद थप गरिएको समेत उनले बताए । सो क्रममा खैरहनी नगरपालिका वडा नम्बर ३ का २५ वर्षीय बिक्रम खनाल, खैरहनी नगरपालिका वडा नम्बर ६ का २३ वर्षीय राज विक र खैरहनी नगरपालिका वडा नम्बर २ का १८ वर्षीय पुर्ण घर्ति मगर पक्राउ गरेको उनले बताए । पछिल्लो खैरहनी प्रहरीले लागुऔषध नियन्त्रणमा विशेष अभियान थाल्दै आएको छ ।