गोरखा मनकामनामा ७२ बर्षिय बृद्धाको हत्याको आंशका एक युवक पक्राउ

गोरखा ११ साउन । गोरखाको मनकामनामा खेतमा पानी लगाउन गएकी ७२ बर्षिय बृद्धाको हत्याको आंशकामा एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ । हत्याको आंशकामा स्थानीय हुकमान चुमी मगरलाई प्रहरीले पक्राउ गरेको स्रोतले जनाएको छ । उनलाई गाउँपालिकाको वडा नम्बर ३ कान्टार क्षेत्र स्थित एक घरबाट पक्राउ गरिएको हो । यहि साउन ९ गते शुक्रबार जिल्लाको शहिद लखन गाउँपालिका ३ की ७२ बर्षिया कृष्णकुमारी आले मृत अवस्थामा फेला परेकी थिइन् । बुधबार बिहान खेतमा पानी लगाउन गएकी आलेको हटियाँ भन्ने स्थानमा शव फेला परेको थियो । खेतमा पानी लगाउन गएकी उनी राती अवेरसम्म पनि नफर्किए पछि परिवारले खोजविन गरेको र मनकामना प्रहरीमा खबर गरेका थिए । उनको बिहान मात्रै खोल्सीमा मृक्त अवस्थामा शव फेला परेको थियो । टाउको पछाडी भागमा गहिरो चोट देखिएको उनलाई हत्या गरी फालिएको अनुमानमा प्रहरीले अनुसन्धान थालेको थियो ।