नवलपुरका थप ४७ जना कोरोना निको भएर घर फार्किए,

गैंडाकोट : आज नवलपुरका थप ४७ जना कोरोना निको भएर घर फार्किएका छन । देवचुली १६ रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालय ९हालको कोरोना अस्थायी अस्पताल०मा गत विहिबार संकलित नमुनाबाट ४७ जनाको नतिजा नेगेटिभ आएको अस्पतालका निर्देशक बिनोद पौडेलले जानकारी दिनुभयो ।
विहिबार संकलन गरि पठाईएको आरटि पिसिआर रिपोर्ट मध्ये ४७ जनाको रिपोर्ट कोरोना नेगेटिभ आएपछि आज डिस्चार्ज गरिएको छ ।
जसमध्ये गैंडाकोट नगरपालिकाका ७ जना, गैंडाकोट नगरपालिका वडा नम्बर ३, ४, ३, ४, ४, २, २ का ५२, ५१, २८, ३३, ३५, ३५ र ३५ बर्षका २ महिला सहित ७ जना निको भएर घर फर्कीएका हुन ।
देवचुली नगरपालिका वडा नम्बर ११, १, १३, ८, १० र १७ का १९, १९, २६, ३६ र ३४ बर्षका ४ जना पुरुष र २ जना महिला निको भएका हुन ।
कावासोती नगरपालिका वडा नम्बर ३, १०, ५, ४, २, ३, १७ र ५ का २९, २९, ३०, २२, १८, ३७, ३७ र १९ बर्षका ७ जना पुरुष र १ जना महिला निको भएका छन ।
मध्यबिन्दु नगरपालिका वडा नम्बर १३ र ३ का २५ र ५३ बर्षका २ जना पुरुष निको भएका छन ।
विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७, ३, ३, ४, ३ र ३ का २४, ३६, २१, २७, २१ र ३६ बर्षका १ महिला सहित ६ जना निको भएर घर फर्कीएका हुन ।
बुलिङटार गाउँपालिका वडा नम्बर २, ६, ६, ५, २, ६, ४, ४, ३, ४, ४, ४ र १ का २०, २१, ४५, २१, ४३, २२, २४, १९, ३०, ३४, २७, २६ र ३२ बर्षका १ महिला सहित १३ जना निको भएर घर फर्कीएका हुन ।
बौदीकाली गाउँपालिका वडा नम्बर ३, ४ र २ का ४०, १९ र १९ बर्षका ३ जना पुरुष निको भएर घर फर्किएका हुन ।
हुप्सेकोट गाउँपालिका वडा नम्बर २ र ६ का १८ र ३६ बर्षका दुई पुरुष विहिबार गरिएको आरटि पिसिआर रिपोर्ट नेगेटिभ आएसँगै डिस्चार्ज गरिएको सामुदायिक प्राकृतिक चिकित्सालय ९हालको कोरोना अस्थायी अस्पताल० निर्देशक बिनोद पौडेलले जानकारी दिनुभयो । उहाँले अन्य कोरोना भाईरस संक्रमितको अवस्था सामान्य रहेको पनि जानकारी दिनुभएको छ ।
नवलपुरमा कोरोना भाइरस संक्रमितको संख्या ३०९ रहेको छ । यस्तै निको हुनेको संख्या २६८ पुगेको छ भने अब बाँकी सक्रिए कोरोना संक्रमित ४१ रहेका छन् । जिल्लामा कोरोनाबाट अहिलेसम्म कसैको मृत्यु भएको छैन ।