पूर्व डीआईजी कोइरालाको मुद्धा पुनरावलोकन

काठमाडौं : सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको मुद्धा पुनरावलोकन हुने भएको छ । सर्वोच्च अदालतले विभिन्न कारण देखाँउदै कोइरालाको सजाय घटाउँने गरी फैसला गरेकोमा पुनरोवलोकन हुने भएको हो ।

आइतवार वमकुमार श्रेष्ठ, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले फैसला पुनरावलोकनका लागि सरकारले दिएको निवेदनलाई अनुमति दिने आदेश सुनाएको हो ।

महान्यायाधिवक्ताको कार्यालयले कोइराला छुटेकै दिन सर्वोच्चको फैसला त्रुटीपूर्ण रहेको भन्दै सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता गरेको थियो ।

उनले आफ्नै पत्नी गीता ढकालको हत्या गरेको आरोपमा जिल्ला र पुनरावेदन अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । सर्वोच्चका प्रधान्यायाधीस चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले १५ असारमा उनको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो । भने उनी गत साउन ८ गते बिहीवार रिहा भएका थिए ।