नगरपालिकाद्धारा निकुञ्ज भित्र ३ सय २९ रुख फडानी, निकुञ्ज मौन

चितवन : नगरपालिकाले जनता आवास कार्यक्रम भन्दै निकुञ्ज भित्रको मध्यवर्ति क्षेत्रमा प्रबेश गरेर ३ सय २९ रुख फडानी गरेको पाइएको छ। माडी नगरपालिकाले एक करोड रकम नै बिनियोजन गरेर निकुञ्ज भित्रको मध्यवर्ती फडानी गर्दा चितवन राष्ट्रिय निकुञ्ज मौन देखिएको छ ।

यस बिषयमा निकुञ्जलाई थाहा भएको भएपनि निकुञ्जले कुनै प्रकारको प्रतिक्रिया जनाउन सकेन तर कुनै व्यक्तिको बेनमी उजुरी परेपछि मात्रै चेपाङको लागि बन्दै गरेका घर निर्माण नगर्नु भन्दै काम गर्न रोक लगायो ।

कुसुमखोलाबाट आएका चेपाङहरु नया घरमा बस्न पाउने सपना देखेकै बेला नगरपालिकाको लापरबाहीले गर्दा यतिबेला पानी चुहिने झुपडीमै बस्न बाध्यछन् । उक्त स्थानमा नगरपालिकाले कटान गरेको रुखको तस्कार भनेर समेत आफूहरुलाई भन्न थालेको स्थानीय चेपाङले गुनासो गरेका छन् । कटान गरेका रुख नजिकैको खोल्सामा राखेको भएपनि नगरपालिकाको सरकारी नम्बर प्लेटको ट्याक्टरमा हालेर लगेको स्थानीयको भनाई छ ।

माडीको वडा नम्बर ९ मा पर्ने उत्त स्थानमा नगरपालिकाले एक करोड रकम नै बिनियोजन गरेर जंगल फडानी गरेर बस्ति बसालेको भएपनि नगरपालिका मेयर ठाकुर प्रसाद ढकालले भने चेपाङहरु आफै आएर बसेको गैर जिम्मेबार जवाफ दिएका छन् । ‘तपाईँहरुकै लगानी छ किन आफै आएर बसेकालाई बस्ती निर्माण गर्नुभयो रु’ भन्ने विषयमा भने उनी कुनै प्रतिक्रिया दिन चाहेनन् । तर उनले निकुञ्ज भित्रनै आफूले बस्ती निर्माण गर्ने भन्दै लागि परेका छन् ।

निकुञ्ज भित्रको कुसुमखोलामा बसोबास गर्दै आएका चेपाङलाई माडी नगरपालिकाले गत मंसिर महिनादेखि वडा नम्वर ९ मा पर्ने राईटोल, ट्याङ्बी डाँडाँ र कुसुम खोला उपभोत्ता समिति निर्माण गरेर जंगलभित्रका रुख फडानी गरेर घर निर्माण गर्दै आएको थियो ।

यसरि जंगल फडानी गरेर बस्ती बसाएको थाहा पाएपछि गत चैत्त महिनामा मात्रै निकुञ्जले काम गर्न रोक लगाएको थियो । अलिहे ३ सय भन्दा बढी रुख फडानी भएको र उक्त काममा माडी नगरपालिकाको संलग्नता देखिएकाले अनुषनधान गरि आवश्यक कारबाहि अगाडी बढाइने निुकञ्जका वार्डेन नारायण रुपाखेती बताउछन् ।

निुकञ्जले पटक पटक चेपाङसँग जोडेर गरेको घटनाको यतिबेदा चौतर्फि विरोध भइरहेको बेला नगरपालिकाको संलग्नतामा रुख कटान भएको विषयमा निकुञ्जले कस्तो कारवाही प्रक्रिया अगि बढाउन त्यो समयले नै बताउला । नगरपालिकाले निकुञ्ज भित्र एक कठ्ठा जमिन भोग गर्न पाउने गरि रुख फडानी गरेर चेपाङलाई आवास निर्माण गरेको थियो ।

माडीले राई टोल स्कुल डाँडाँ बाहेक परुई खोला किनारामा रहेको मध्यवर्ती क्षेत्रमा समेत ठुलो मात्रामा सिसौका रुख फडानी गरेर ५१ परिवारलाई राखेको छ । कुसुमखोलाबाट माडीको परुई तथा राईटोलमा आउन रोकिएका ११ घर चेपाङको घरमा केहि दिन पहिले निकुञ्जले आगो र हात्ती लगाएर बिचल्ली समेत बनाएको थियो । News24