टिकटकले प्रयोगकर्तालाई पैसा दिने

काठमाडौ : टिकटकले आफ्ना प्रयोगकर्तालाई पैसा दिने भएको छ ।

टिकटकको मापदण्ड अनुसार १८ बर्ष माथिका व्यक्ति आफैले तयार पारेको ओर्जिनल कन्टेन्टमा मात्र यस्तो रकम दिइनेछ ।

पैसा प्राप्त गर्ने मापदण्डबारे अरू विवरण खुलाइएको छैन । टिकटकले खासगरी चर्चित प्रयोगकर्ता र नयाँ प्रयोगकर्तालाई लक्षित गर्दै यस्तो सुविधाको घोषणा गरेको हो ।

कम्पनीले आफ्नो नयाँ घोषणाका लागि करिब २४ अर्ब रुपैयाँ ९२० करोड डलर०को कोष बनाउन लागेको जनाएको छ ।

यो सुविधाले रचनात्मक कन्टेन्टमार्फत प्रगतिको अवसर खोजिरहेका प्रयोगकर्तालाई सहयोग पुग्ने टिकटकको विश्वास छ । टिकटकका अनुसार उक्त कोषबाट यो वर्षको अन्त्यतिर नगद वितरण सुरु हुनेछ ।

विगतमा टिकटक प्रयोगकर्ताले लाइभ र ब्रान्डसँगको साझेदारीमार्फत मात्र आम्दानी गर्न सक्ने अवस्था थियो । टिकटकको पछिल्लो घोषणाले आम्दानीको आधार तयार गर्ने भएपछि प्रयोगकर्ताप्रति यसको आकर्षण कायमै रहने अपेक्षा गरिएको छ ।

टिकटकका प्रयोगकर्ताले कसरी उक्त रकम पाउँछन् भन्ने स्पष्ट नभएपनि कोषको रकम बढ्दै जाने र यसलाई बजारमा प्रतिस्पर्धी बनाइरहने कम्पनीका प्रवक्ताले जनाएका छन् ।