डेमो नदेखाएको कारण आफुलाई ज्यान मार्ने धम्कि आयो :मेमोरी किगं शाही

विजय शाही जसलाई मेमोरी किगंका रुपमा अहिले नेपालमा मात्र होइन विश्वभर चर्चा छ । उनी कालिकोटका स्थानिय युवा हुन् । शाहीले मेमोरी किंगका रुपमा विश्व रेकर्ड कायम गरेका छन् । उनले ३० सेकेण्डमा १ सय भन्दा बढी शब्द सम्झेर विश्व रेकर्ड कायम गरेका हुन् । तर विजयले प्राप्त गरेको त्यो सफलताको विषयलाई लिएर विवाद आएको छ ।उनलाई रिपोर्टस् क्लवमा आयोजित कार्यक्रममा उनलाई सम्मान गर्छौ भनेर बोलाइयो । तर त्यतीबेला उनलाई जानकारी बिना नै त्यहाँ विजयको परिक्षा लिइयो । उनले एक अन्तरवार्ताका क्रममा भनेका छन्, त्यहाँ पत्रकार पनि थिएनन सबै आएका थिए । मलाइ सम्मान गर्न भनेर बोलाइयो तर त्यहाँ किताब बोकेर आएका ब्यक्ति थिए । उनले आफुलाई सोही कार्यक्रममा फसाइएको बताए ।