ठिमीमा बाख्रा चोरी गर्ने २ युवा पक्राउ, एक फरार

भक्तपुर : भक्तपुरको महानगरीय प्रहरी वृत्त ठिमीले चोरी र लुटपाटमा संग्लन २ युवालाई पक्राउ गरेको छ । विशेष ठिमि क्षेत्रमा पछिल्लो समयमा चोरीका घटना बढेपछि प्रहरीले आफ्नो विशेष सक्रियता देखाउदै थालेको अप्रेशनका क्रममा चौपाया चोरी गरी फरार अभियुक्त रहेका २ युवालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त ठिमीका प्रमुख प्रहरी नायव उपरीक्षक ९डिएसपी० ऋषिराम कडेँलले जमनकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा सर्लाही हरिवन नगरपालिका वडा नं. ३ घर भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका ४ चारदोबाटो बस्ने बर्ष २७ को सागर तामाङ र रौतहट चन्द्रनिगाहापुर नगरपालिका वडा नं. ०२ घर भई हाल काठमाण्डौ बौद्ध बस्ने बर्ष २१ को बिजय तामाङ रहेका छन् । भने अmझै एक जना फरार रहेका छन् ।
भक्तपुर सुर्यविनायक नगरपालिका वडा नं। १ सिरुटार स्थित गिता राईको बाख्रा गोठबाट ताला फोडी गोठमा रहेको ३ वटा खसी तथा ४ वटा माउ बाख्रा गरी जम्मा ७ वटा चौपायाहरू चोरी गरी कंलकीमा रहेको खसी बजारमा विक्री गरिरहेको अवस्थामा उनीहरु पक्राउ परेका थिए । चोरी गरेका चौपाया लगायतका सामानहरुसहित उनीहरु पक्राउ गरि यसबारेमा थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक कडेँलले बताए । ठिमी कडेँल आएसगैँ पछिल्लो समयमा विभिन्न ठिमी कडेँल आएसगैँ पछिल्लो समयमा शान्ति सुरक्षा कायम गर्न विभिन्न अप्रेशन चलाउदै आएका छन् ।