आफ्नै निधारमा गोली प्रहार गरी आत्महत्या

उदयपुर : आफ्नै निधारमा बन्दुक चलाउँदा उदयपुरमा एक जनाले ज्यान गुमाएका छन् । मदिरा सेवन गरेर घर पुगेका लिम्चुङबुङ गाउँपालिका -५ जाँतेका विध्याराज राईले भरुवा बन्दुक आफ्नै निधारमा प्रहार गरी आत्महत्या गरेका हुन्।

शुक्रबार राती ८:३० बजे घरमा पहिला नै भरेर राखेको बन्दुक राईले चलाउँदा घटना घटेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गोबिन्द पुरीले जानकारी दिए । घटना थप अनुसन्धान भइरहेको उनले बताए ।

आफ्नै निधारमा गोली प्रहार किन गरे र घटना कसरी घट्यो भन्ने अनुसन्धान भइरहेको डिएसपी पुरीले बताए । एक वर्ष अघि मात्रै राईकी श्रीमतीले पनि विष सेवन गरी ज्यान गुमाएका थिइन् ।