क्लिन चितवन,ग्रिन चितवन ,बेटर चितवन २९ औँ दिन गणेश पञ्चायन मन्दिर र बटर चोक वरपर सरसफाइ

 

चितवन : चितवनका युवा सामाजिक अभियन्ताहरुले संचालन गरेको ६० दिने “क्लिन चितवन,ग्रिन चितवन ,बेटर चितवन ” अभियान जारी रहेको छ । लकडाउन जारी रहदाा सुरु यो अभियानको आज २९औँ दिन । २९ औँ दिनमा आज युवाहरुले रत्ननगर नगरपालिका ११स्थित श्री गणेश पञ्चायन मन्दिर परिसर र बटर चोक क्षेत्र वरपर सरसफाइ तथा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेका छन् ।

कार्यक्रममा स्थानिय समाजसेबी लगायत अभियानका अभियन्ताहरुको उल्लेखनिय सहभागिता रहेको कार्यक्रमका संयोजक सरोज भण्डारीले जानकारी दिएका छन् ।