राप्तीमा ढुंगा खसेर लाग्दा चेपाङ बालिकाको मृत्यु

 

चितवन : चितवनको राप्ती नगरपालिकामा ढुंगाले लागेर शुक्रबार एक बालिकाको मृत्यु भएको छ । राप्ती नगरपालिका वडा नम्बर १३ चेउदिङ्गकी १२ वर्षिया सपना प्रजाको पहाडको माथिबाट ढुंगा खसेर लाग्दा शुक्रबार मृत्यु भएको हो ।

सपना राप्ती १३ की वडा सदस्य सुमित्रा माया प्रजाकी छोरी हुन् । उनी घाँस काट्न जाँदा माथिबाट खसेको ढुंगाले लागेर घटनास्थलमै मृत्यु भएको राप्ती नगरपालिका मेयर प्रभा बरालले जानकारी दिइन् ।

वडा सदस्य प्रजाकी छोरीको सो घटनामा परि मृत्यु भएकोमा राप्ती नगरपालिकाले दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेको छ ।