कुसुमखोलाका आगलागी पिडितलाई नेकपा चितवनद्धारा राहत प्रदान

चितवन : चितवन राष्टिय निकुञ्जले चेपागं सुकुम्बासीहरुको वस्तीमा आगलागी सहित घर भत्काउँदा बेघर हुनपुगेका माडी ९ कुसुमखोलाका पिडित स्थानियलाई नेकपा चितवनले राहत सामग्री प्रदान गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवन क्षेत्र नम्बर ३ का तर्फबाट गरिएको सो सहयोग हस्तान्तरण कार्यक्रममा नेकपा चितवन जिल्ला अध्यक्ष यमबहादुर परियार, प्रदेश सांसदहरु कृष्ण भुर्तेल र रामलाल महत्तो, माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल, वागमती प्रदेश सदस्य ओमनाथ पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

सुकुम्बासीहरुलाई सहयोग हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेकपा चितवन अध्यक्ष परियारले निकुञ्जको सो अमानविय कार्यको भर्त्सना गर्दै आफ्नो पार्टीको ध्यानाकर्षण भएको बताउनुभयो । त्यस्तै, माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले आफुहरुलाई खबर नै नगरी जनताहरुको घरमा आगो र हात्ती लगाउनु दुखद कुरा भएको बताउँदै निकुञ्ज ऐन परिमार्जन नभएसम्म आफ्नो संघर्ष निरन्तर जारी रहने जनाउनुभएको थियो ।

निकुञ्ज प्रशासनले गत श्रावण ३ गते माडीको कुसुमखोलामा २ वटा घरमा आगलागी गरेको थियो भने हात्ती लगाई ८ वटा घरहरु भत्काएको थियो । घटनाको घटनाको चौतर्फी बिरोध भइरहेको छ ।