अधिकारीद्धारा पत्रकार पराजुली र रिजालको पुस्तक महासंघलाई हस्तान्तरण

चितनवः पत्रकार पराजुली द्दारा लिखित “कुमाता” भूडिपुराण प्रकासन प्रा।लि।र रिजालद्दारा लिखित “एकान्तबास” पुस्तक शुक्रवार नेपाल पत्रकार महासंघ चितवनलाइ हस्तान्तरण गरिएको छ । नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष एबं नेपाल प्रेस युनियन चितवनका निवर्तमान अध्यक्ष नारायण प्रसाद अधिकारीले पत्रकार बसन्त पराजुली र विनोदबाबु रिजालद्दारा लिखित पुस्तक पत्रकार महासंघलाई हस्तान्तरण गर्नुभएको हो ।
अधिकारीले पराजुलीद्दारा लिखित “कुमाता” र रिजालद्धारा लिखित “एकान्तबास” पुस्तक दश÷दश थान महासंघका अध्यक्ष राधेश्याम खतिवडालाई हस्तान्तरण गर्नु भएको हो । आफ्नो कान्छो छोरा साकार अधिकारीको जन्मोत्सबको अबसर पारि ती किताबहरु हस्तान्तरण गर्नु भएको हो ।
अधिकारीले पुस्तक लेखक पत्रकारहरुलाई उर्जा मिलोस भनेरआफ्नो छोराको जन्मदिनको अबसरमा संकल्प गरि महासंघलाई पुस्तक हस्तान्तरण गरेको वताउन ुभएको छ ।” पुस्तक नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य कृष्ण गिरि सहितको उपस्थितिमा पुस्तक हस्तान्तरण गरिएको हो । सो अबसरमा लेखकहरु पराजुली र रिजाल संगै पुस्तकको बिक्रि गर्दै आउनु भएका सम्पूर्ण किताव लायन्सचोकका संञ्चालक लेखराम सापकोटाको उपस्थिति रहेको थियो ।
पुस्तक ग्रहण गर्दै नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले यी पुस्तकहरु पत्रकार महासंघको पुस्तकालयमा राखिने जानकारी दिनुभयो । उहाँले पत्रकारहरुको लेखन क्षमताको कदर महासंघले गर्ने वताउनुभयो ।
पत्रकार पराजुली द्दारा लिखित “कुमाता” भूडिपुराण प्रकासन प्रा।लि।र रिजालद्दारा लिखित “एकान्तबास” युरेका पव्लिकेसन प्रा।लि।ले प्रकाशन गरेको हो । “कुमाता” कथा संग्रह हो भने “एकान्तबास” लकडाउन डायरी हो ।