डिआईजी लामाद्धारा मौवाखोला स्थित पृथ्वी राजमार्गको निरीक्षण

बागमती: मौवाखोला स्थित पृथ्वी राजमार्ग खुलाउन बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव माहानिरीक्षक बसन्त कुमार लामाले निर्देशन दिनुभएको छ ।
अबिरल बर्षाका कारण जिल्ला धादिङ बेनिघाट रोलाङ गाँउपालिका १० मौवाखोला स्थित पृथ्वी राजमार्गको पुलसँगै जोडिएको जमिन बगाएर पुर्ण रुपमा बन्द रहेको सो राजमार्ग खुलाउन तथा बाटो मर्मत सम्भार गर्न अनुगमन तथा निरीक्षणका क्रममा उहाले विपदमा खटिएका प्रहरी कर्माचारीहरुलाई त्यस्तो निर्देशन दिनुभएको हो ।

सो अनुगमनमा धादिङका प्रमुख जिल्ला अधिकारी  आसमान तामाङ्, बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर चितवनका प्रमुख प्रहरी उपरीक्षक प्रकाश राणाभाट, धादिङ जिल्ला प्रहरी कार्यालयका प्रमुख रबिन्द्र रेग्मी लगात सरोकारवाला निकायका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।