सर्वाेच्चको फैसला ‘प्रथम दृष्टिमै त्रुटिपूर्ण’

काठमाडाैँ : सर्वोच्च अदालतको फैसलापछि रिहा भएका हत्यारा पूर्वडीआईजी रन्जन कोइरालालाई हदैसम्म सजाय हुनुपर्ने सरकार (महान्यायाधिवक्ताको कार्यालय) ले माग गरेको छ ।

सरकारका तर्फबाट फैसला पुनरावलाेकनका लागि विहीबार दर्ता गरिएको निवेदनमा कोइरालाकी प्रेमिका तारा रेग्मीलाई पनि हदैसम्मको सजायँ हुनुपर्ने माग गरिएको छ । महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चको फैसला ‘प्रथम दृष्टिमै त्रूटीपूर्ण’ भनेको छ ।

सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण रहेको भन्दै पुनरावलोकनमा गएका सरकारी वकिलले पेस गरेको ८ पेज लामो निवेदनमा रन्जन कोइरालाको सजाय घटाउने फैसला सर्वोच्चको आफ्नै नजिर, कानुनी सिद्धान्तको मर्म प्रतिकुल भएकाले बदर हुनुपर्ने माग गरिएको छ ।

त्यस्तै रन्जनकी प्रेमिका तारा रेग्मीले गीता ढकालको हत्या गर्न मतियारको भूमिका निर्वाह गरेको तथ्यलाई फैसलाले समेत स्वीकार गरिसकेको अवस्थामा उनको सजाय घटाउने फैसलासमेत त्रुटिपूर्ण रहेको सरकारी वकिलको जिकिर छ ।

सर्वोच्चको चित्त : जन्मकैद गर्दा चर्को पर्न जाने हो कि !

तारालाई एक वर्षमात्र कैद सजाय गर्ने तल्ला अदालतको फैसलाविरुद्ध यसअघि नै सरकारी वकिलले पुनरावलोकन गरेका थिए ।

पुनरावलोकन निवेदनमा भनिएको छ- ‘उल्लेखित फैसला सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित नजिकर, कानुनी सिद्धान्त प्रतिकुल भएकोले उक्त त्रुटिपूर्ण फैसला देखिँदा सो उपर पुनरावलोकनको हिस्सा प्रदान गरी फैसला बदर गरी सुरु अभियोग दाबी बमोजिमनै निज प्रतिवादीहरुलाई हदैसम्म सजाय निर्धारण गरीपाउँ ।’ source :ok