अबैध नदि जन्य पदार्थ ओसार प्रसार गर्ने आईचर कारबाहीमा

जिल्ला प्रहरी नुवाकोटले अबैध नदि जन्य पदार्थ ओसार पसार गर्ने आईचर कारबाही गरेको छ । अ.१६.०० बजेको समयमा जि.नुवाकोट बि.न.पा.०२ स्थितमा अ.प्र.पो.बिदुरबाट चेकिङको लागी खटिएको प्र.क.टोलीले अबैध बालुवा लिएर बिदुरबाट रसुवातर्फ गईरहेको आईचरलाई नियन्त्रणमा लिएको थियो । चेकजाँच गर्दा आवश्यक कागजाँतहरु साथमा नभएको हुँदा कारबाहीको लागी जिस।स।नुवाकोटमा बुझाईएको छ । सो आइचर कारबाहि स्वरुप बिस हजार राजष्व संकलन भएको जि.स.स.नुवाकोटले जनाएको छ।