हातहतियार सहित पक्राउ परेका दुई युबक कारागार चलान

नुवाकोट :हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा प्रकाउ परेका दुई युबकलाइ नुवाकोट जिल्ला अदालतको आदेश बमोजिम कारागार चलान गरिएको छ ।
राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटीएको काली जंग गण अन्तर्गत माल भन्ञ्ज्याङ पोष्ट र शिखर बेसी रेन्जर पोष्टबाट खटिएको सयुंक्त टोलीले दुई युबकलाइ असार ११ गते पक्राउ गरेको थियो ।ति युवकहरुा दुप्चेश्वर गाउँपालिका वडा नंवर ६ बैदुंगा निवासी ४२ बर्षिय बिर बहादुर मोक्तान र सोही ठाउँका ४६ बर्षिय श्याम बहादुर मोक्तानलाई बन्यजन्तु मारेको आशंकामा नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा पक्राउ परेका थिए । प्रहरीलेउनिहरुबाट भरुवा बन्दुक १ थान , बारुद २० ग्राम, पार्टपुर्जा २ थान  सहित फेला पारी ओखेटोपाहार सम्बन्धी कसुरमा लामटाङ राष्ट्रिय निकुञ्ज कार्यालय रसुवा धुन्चेमा मुद्दा दर्ता भई कारवाही चलिरहेकोमा निजहरुको साथबाट बरामद अबैध हात हतियार निजहरुको घर ठेगानाबाट फेला पारेको थियो । अनुसन्धानका लागि प्रकाउ परेका उनिहरुलाई नुवाकोट जिल्ला अदालतको साउन ६ गतेको आदेश बमोजिम कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रबक्ता डिएसपी राजेश थापाले जानकारी दिनुभयो ।