कुमरोज वनमा दुर्लभ खर बट्टाई फेला पर्‍यो

चितवन । अति दुर्लभ मानिएको खर बट्टाई चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनको घाँसे मैदानमा देखा परेको छ ।
नेपाल वाईल्डलाईफ फोटोग्राफर्स क्लब र बर्ड एजुकेशन सोसाइटीका सक्रिय सदस्यहरु लोजिक कृष्ण सागर, राधा कृष्ण श्रेष्ठ, चुडामणि चौधरी, राजु तामाङ्ग र मिलन तामाङ्गले चराचुरुंगी र वन्यजन्तुको अध्ययन अनुसन्धान र फोटो खिच्ने क्रममा देखा परेको लोजिक कृष्ण सागर वताए ।

खर बट्टाईको अंग्रेजी नाम एसियन ब्लु क्वाइल हो भने बैज्ञानिक नाम सैनोइकस चैनेंसिस रहेको छ । यसलाई किङ्ग क्वाइल, ब्लु ब्रेस्तेड क्वाइल र ब्लु क्वाइलको नामले पनि चिनिन्छ । विश्वमा १५ प्रजातिका बट्टाई पाईएतापनि नेपालमा केवल ४ प्रजातिका बट्टाई पाईन्छ । जस मध्य गैरीकलाव बट्टाई नेपालबाट लोप भैसकेको अनुमान गरिएको छ ।

फोटो साभारः लोजिक कृष्ण सागर