राप्रपा कमिटी संयोजक चयन कार्यक्रम सम्पन्न

चितवन : राष्टिय प्रजातन्त्र पार्टी चितवनले आज विहिवार रत्ननगर सौराहामा कमिटी संयोजक चयन कार्यक्रम सम्पन्न गरेको छ । कमिटी अध्यक्ष गोविन्द अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा नं ५ मा हिरा राज पाठक , वडा नं ६, मा धर्मराज न्यौपाने , वडा नं ७ मा कृपा राम चौधरी र वडा नं ८ मा राम जी महत्तो गरि चार वडाका ४ संयोजक चयन गरिएको हो । कार्यक्रममा पार्टीगत क्षेत्रीय अध्यक्ष तथा सदस्यहरु सहभागीता रहेको थियो । कार्यक्रम जिल्ला अध्यक्ष रुद्र ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।