धारिलो हतियारले हानेर भाइले गरे दाइको हत्या

रुकुम :  मानसिक सन्तुलन गुमाएका रुकुम पश्चिमको चौरजहारी नगरपालिका ९ बस्ने ३४ वर्षीय भुपेन्द्र मल्ल (भिम भनेर चिनिने) ले आफ्नै दाइको हत्या गरेका छन् ।

घरमै हत्या गरेर बारीमा गाडेको अवस्थामा ४५ वर्षीय दाइ हरिबहादुर भन्ने पठान मल्लको शव फेला परेको हो । एकदुई दिन अगाडि हत्या गरेर शव मकैबारीमा गाडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । एकान्त ठाउँमा घर भएको र वरपर छिमेकी समेत नभएकाले घटना ढिला थाहा भएको हो ।

आफ्नै भाइले चक्‍कु प्रहार गरी दाइको हत्या गरेको प्रहरीले जनाएको छ। हत्यामा संलग्न भुपेन्द्रलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डीएसपी ठगबहादुर केसीले बताए ।