रोटरी क्लवद्धारा संयुक्त रुपमा माक्स वितरण

भरतपुर : रोटरी क्लव अफ नारायणी मिट टाउन र रोट्याक्ट क्लब अफ नारायणी मिट टाउनको संयुक्त आयोजनामा भरतपुरको हाकिम चोकमा मास्क बितरण कार्यक्रम गरिएको छ । कोरोना भाईरसले महामारीको रुप लिएर फैलिरहेको अवस्थामा मानिसहरुले मास्क नलगाई हेलचक्रयाई गरेर हिडेको देखेपछि जनचेतनाको लागि मास्क बितरण गरिएको हो ।

जिल्ला ट्राफिक कार्यलय र जिल्ला प्रहरी कार्यलयको समन्वयमा सो कार्यक्रम गरिएको हो । आज भएको कार्यक्रमको संयोजकमा रोटरीयन हिरालाल सापकोटा र प्रकाश पौडेल कार्यक्रम रहनुभएको थियो । कार्यक्रममा उपस्थित रोटरिएन र रोट्याक्टहरुले मास्क नलगाई हिडडुल गरेका र सवारी साधन चलाएकाहरुलाई रोकेर मास्क बितरण गरेका थिए ।

पहिलो र दोश्रो चरणमा गरेर रोयल पेन्ट्सका प्रमुख प्रमेश्वर भण्डारीले एन ९५ मास्क सहित करिब २५०० माक्स सहयोग गर्नुभएको थियो । पहिलो चरण को भन्दा यो दोस्रो चरण कार्यक्रम गर्दा सडकमा हिड्ने ले बढी माक्स लगाएको रोटरी क्लव अफ नारायणी मिट टाउनका अध्यक्ष यामनाथ दनैले जानकारी दिनुभयो । कार्यक्रममा रोट्याक्ट क्लब अफ नारायणी मिट टाउनका अध्यक्ष तेज बहादुर रानाभाट लगायत सम्पूर्ण रोटरीयनहरु र रोट्याक्टहरुको उपस्थिति रहेको थियो ।