जिल्ला प्रहरी कार्यालय चितवनद्वारा तिन प्रहरी पुरस्कृत

चितवन : जिल्ला प्रहरी कार्यालय चितवनले ३ जना प्रहरीलाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेहरुमा असई शालिकराम पौडेल, प्रहरी जवानद्वय खड्ग बहादुर बिष्ट र सिद्दराज शर्मा रहेका छन् । पौडेललाई भाग्दै गरेको अपराधीलाई पक्रन सफल भएकोले पुरस्कृत गरिएको चितवनका प्रहरी प्रमुख एसपी नान्तिराज गुरुङले जानकारी दिनु भयो ।

असई शालिकराम पौडेलले साउन २ गते पशुपंक्षी ओसार(पसारमा संलग्न एक अपराधीलाई भाग्दै गरेको अवस्थामा पुर्वी चितवनको खोलेसिमलबाट पक्राउ गरेका थिए ।

यस्तै प्रहरी जवानद्वय बिष्ट र शर्माले नारायणी नदीले बगाएकी एक महिलाको जिवितै उद्दार गरेका थिए ।
उनिहरुले साउन २ गते भरतपुर महानगरपालिका ३ स्थित नारायणी नदीमा बग्दै गरेकी एक महिलाको नारायणी किनारमा रहेको बुद्ध मुर्ति छेउबाट उदार गरेको एसपी गुरुङले बताउनुु भयो । तिनै जनालाई वैयक्तिक विवरण र नगदसहित पुरस्कृत गरिएको उहाँले बताउनु भयो । kalika dainik