नेपालमा बुधबार १०० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ : नेपालमा बुधबार १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन १०० जनामा संक्रमण देखिएको हो । यसरी कोरोना संक्रमितको संख्या १८ हजार ०९४ पुगेको छ ।

प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप २०७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । यो सँगै निको भएर घर फर्किनेको कुल संख्या १२ हजार ६८४ पुगेको छ ।

विगत २४ घन्टामा २८ वटा प्रयोगशालामा ३७७९ जनाको पिसिआर परीक्षण गरिएको थियो । हाल २० हजार ८४२ जना क्वारेन्टाइनमा र ५३६८ जना आइसोलेसनमा रहेका छन् ।