नायक राजेश हमालका भाइको निधन

काठमाडाैँ : नायक राजेश हमाललाई पारिवारिक शोक परेको छ । राजेशका भाइ राकेश हमालको दिल्लीमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

कलेजोमा समस्या देखिएपछि केहीदिन अगाडि मात्रै उनलाई थप उपचारका लागि दिल्ली पुर्याइएको थियो । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।