चितवनमा आजमात्र ५ जनाकाे शव फेला

चितवन : चितवनमा आजमात्र ५ जनाकाे शव भेटिएको छ।भरतपुरमा ४ जना र खैरहनिमा १ जना गरि ५ जनाकाे शव भेटिएको हाे।

भरतपुर महानगरपालिका-१ ठिमुरा मा नारायणी नदिको किनारामा ३०० मिटरको फरक दुरीमा २ जना, भरतपुर-३ मा १ जना, भरतपुर-१६ मा १ जना र खैरहनि नगरपालिका-५ मा १ जना गरि ५ जनाकाे शव भेटिएको जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायव उपरीक्षक सुर्य बहादुर थापाले बताए।

थापाका अनुसार भरतपुर-१ मा अन्दाजी १४/१५ वर्षको महिला र ५० वर्षको पुरुषकाे सडेको अवस्थामा शव फेला परेको हाे। भरतपुर-३ मा ५० वर्षिय महिलाको र खैरहनि-५ मा ५० वर्षिय पुरुषकाे शव भेटिएको हाे। भरतपुर-१६ झनझनेमा १ जना कर्ण बहादुर सुनारकाे शव भेटिएको हाे।

५ जनाकाे शव भेटिएकोमा ४ जनाकाे सनाखत हुन सकेको छैन। भने भरतपुर-१६ का १ जनाकाे सनाखत भइसकेको छ। भेटिएको शवहरु बाढी काे कारणले ज्यान गुमाएका हुन कि भनेर अनुमान गरिएको छ।