टेक्ससको दूतावास हटाउन चीनलाई अमेरिकाको आदेश

एजेन्सी :  संयुक्त राज्य अमेरिकाले चीनलाई टेक्ससको हाउसटनस्थित आफ्नो वाणिज्य दूतावास हटाउन आदेश दिएको छ । चीनले ‘राजनीतिक उत्तेजना’ फैलाएको भन्दै अमेरिकाले उक्त वाणिज्य दूतावास हटाउन आदेश दिएको जनाइएको छ ।

अमेरिकी विदेश मन्त्रालयले अमेरिकनहरुको ‘बौद्धिक सम्पत्तिको सुरक्षा’ का लागि उक्त निर्णय लिएको बताएको छ । तर, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले उक्त निर्णय ‘अपमानजनक’ र ‘अनुचित’ भएको टिप्पणी गरेका छन् ।

उक्त कार्यालय परिसरमा एक अज्ञात व्यक्तिले काम नलाग्‍ने कागजका टुक्राहरुको भिडियो खिचिरहेको देखिएपछि अमेरिकी विदेश मन्त्रालयले उक्त निर्णय लिएको जनाइएको छ । केही समयअघि देखि अमेरिका र चीनबीचको तनाव बढ्दै गएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले व्यापार र कोरोना भाइरसको महामारीका कारण आलोचना गरिरहेका छन् ।

त्यसैगरी चीनले विवादास्पद नयाँ सुरक्षा कानुन हङकङमा लागु गरेसँगै अमेरिकाले चिनियाँ अधिकारीहरुमा प्रतिबन्ध लगाएको छ । त्यसैगरी अमेरिकी कानुन मन्त्रालयले मंगलबार चीनले कोरोना भाइरसविरुद्धको खोप विकास गरिरहेका प्रयोगशालाहरुमा ह्याकर परिचालन गरेको आरोप लगाएको छ । यस आरोपमा अमेरिकाले दुई चिनियाँ नागरिकमाथि मुद्दा दर्ता गरेको छ ।

चीनले भने अमेरिकालाई आफूले गरेका निर्णय पुनर्विचार गर्न आग्रह गर्दै भनेको छ, “यदि यस्ता गतिविधिहरु निरन्त गलत बाटोमा गए, चीनले पनि त्यसको प्रतिवाद गर्नेछ ।” -बीबीस