पानी निकासको विषयमा दुई परिवारबीच कुटाकुट, सात जना घाइते

महोत्तरी : महोत्तरीको सोनमा गाउँपालिका–३ रघुनाथपुर गाउँमा पानी निकासको विषयलाई लिएर दुई परिवारबीच कुटाकुट हुँदा सात जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टका अनुसार स्थानीय सुजित यादव र चतुरी यादवका परिवारबीच पानी निकासको विषयलाई लिएर झैझगडा र कुटाकुट हुँदा तीन महिलासहित घाइते भएका छन् ।

घाइते हुनेमा चतुरी यादवका छोरा रुपेश, भाइबुहारी वर्षा र आमा तथा सुजित यादव, उनकी पत्नी किरणदेवी, छोराहरु रविशंकर यादव र हरिशंकर यादव रहेको प्रहरी उपरीक्षक विष्टले जानकारी दिए । हात, मुक्का र भाटाले कुटाकुट गरेका उनीहरु घाइते भई जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।