एकदिन मात्रै मास्क नलगाउँदा कोरोनाको सिकार

एजेन्सी :  ‘पिच पर्फेक्ट’ अभिनेत्री एना क्याम्पमा कोरोना संक्रमण देखिएको छ । उनले मंगलबार सामाजिक सञ्जाल इन्स्टाग्राममा लामो पोस्ट सेयर गर्दै पछिल्लो ३, ४ महिनादेखि कोरोना भाइरससँगको लडाइँबारे बताएकी छिन् । साथै उनले कोरोना भाइरस र फ्लु दुई अलग भएकाले जीवन बचाउन मास्क अनिवार्य रूपमा लगाउनुपर्ने कुरामा जोड दिएकी छिन् ।

विश्व लुजडाउनमा गइसक्यो भनेर एकदिन मास्क नलगाई बाहिर जाँदा आफूमा कोरोना संक्रमण भएको बताउँदै लेखेकी छिन, “म मास्क र स्यानिटाइजर सधैं लगाउने गर्थेँ । तर विश्व लुजडाउनमा जान थाल्यो भनेर एक दिनमात्रै मास्क नलगाई बाहिर गएको थिएँ । जसको परिणाम म कोरोनाको सिकार बनेँ । मानिसहरू यसलाई फ्लु मात्रै हो भन्छन्, तर यो फ्लुभन्दा धेरै फरक हो । म ३ सातासम्म सिकिस्तै थिएँ अहिले पनि त्यसको लक्षण मेरो शरीरमा बाँकी नै छ,”

भाइरसको संक्रमणले शरीरको प्रतीरक्षा प्रणालीलाई दीर्घकालीन असर गर्छ भन्ने कुरामा मानिसहरू अनविज्ञ भएको पनि उनले बताएकी छिन् । एनाका अनुसार संक्रमणका कारण उनको शरीरले ३० प्रतिशत मात्रै गन्ध र स्वाद थाहा पाएको र शरीरमा थकानका साथै रुघा, बान्ता, ज्वरोले थला पारेको बताइन् ।

अन्त्यमा उनले सबैलाई मास्क अनिवार्य रूपमा लगाउन आग्रह गर्दै सबै सुरक्षित हुन सुझाएकी छन् । (इन्डियन एक्सप्रेस)